Section 29
आदेश तथा निर्देशन दिन सक्ने

(१) दफा २८ बमोजिम अधिकार प्राप्त अधिकारीले निरीक्षण गरेको अवस्थामा वा अन्य जुनसुकै अवस्थामा समितिले स्वास्थ्य संस्था तथा  व्यक्तिगत इजाजतपत्र प्राप्त चिकित्सकलाई अङ्ग प्रत्यारोपण सम्बन्धी कृयाकलाप सन्चालन गर्ने सम्बन्धमा आवश्यक आदेश तथा निर्देशन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम समितिले आदेश तथा निर्देशन दिंदा खासगरी देहायको विषयमा दिनेछ ः-
(क) चिकित्सा शास्त्रको सिद्धान्त अनुसार अङ्ग प्रत्यारोपण गर्दा अपनाउनु पर्ने प्राविधिक विषयको सम्बन्धमा ।
(ख) अङ्ग प्रत्यारोपण गर्दा आवश्यक पर्ने भौतिक स्रोत साधन तथा जनशक्ति सम्बन्धमा ।
(ग) अङ्ग प्रत्यारोपणको लागि मानव शरीरबाट झिकिएको अङ्गलाई वैज्ञानिक प्रविधि तथा पद्धति अपनाई सुरक्षित रुपमा राख्ने सम्बन्धमा ।
(घ) अङ्ग प्रत्यारोपण गर्दा अपनाउनु पर्ने न्यूनतम सुरक्षा व्यवस्थाको सम्बन्धमा ।
(ङ) अङ्ग प्रत्यारोपण सम्बन्धी प्राविधिक विषयका सूचनाहरु प्रवाह गर्ने सम्बन्धमा ।
(३) उपदफा (२) बमोजिम समितिले दिएको आदेश तथा निर्देशनहरुको पालना गर्नु गराउनु सम्बन्धित स्वास्थ्य संस्था तथा व्यक्तिगत इजाजतपत्र प्राप्त चिकित्सकको कर्तव्य तथा दायित्व हुनेछ ।